७० करोडको अडियोमा बोल्ने मिश्रलाई समेत कारबाहीका लागि प्रहरीलाई पत्रचार

काठमाण्डौ ।
निबर्तमान सुचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा संग ७० करोडको घुस प्रकरणमा बोल्ने स्विस कम्पनीका नेपाल प्रतिनिधि बिजय प्रकाश मिश्रलाई समेत कारबाही गर्ने भएको छ ।

फाईल फोटो:निबर्तमान सुचना तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मिश्रलाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । उनलाई लेखा समितिका सांसदको चरित्र हत्या गर्ने गरी टीकाटिप्पणी गरेको भन्दै कारबाहीका लागि पत्राचार गरेको हो।

उनले रातोपाटी अनलाइनसँगको कुराकानीमा बाँस्कोटासँगको अडियो बाहिर नल्याएको भए लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुन लागेको बताएका थिए ।

उनका अनुसार स्विसले २८ अर्बमा बिल्डिङ सहितको सेटअप गरिदिने अफर हुदै गर्दा जर्मन कम्पनीलाई ४० अर्बको टेण्डर दिने तयारी बाँस्कोटाको थियो ।

लेखा समितिले फेसबुकमा सांसदहरूको फोटोसहित ४ अर्ब खान लागेको टिप्पणी गरेका प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको लागि प्रहरीलाई पत्राचार गरेको छ । उपाध्यायले ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई टेण्डर दिने सांसदहरू’ उल्लेख गर्दै सांसदहरूको फोटो पोस्ट गरेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।