चिनियाँ दूतावासको विज्ञप्तिप्रति पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौं ।
नेपाल पत्रकार महासंघले ‘द काठमाण्डु पोष्ट’मा प्रकाशित समाचारको विषयलाई लिएर काठमाडौं स्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ ।बुधबार महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा ‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’ भनिएको छ ।

प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल हो भन्दै महासंघले ‘कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत् पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम हुनु आफैंमा निन्दनीय छ’, भनेको छ ।

यस्तो छ चिनियादुतावासको बिज्ञप्ती :

यस्तो छ द काठमाण्डु पोष्टमा छापिएको खबर :

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।