कोरोनाभाईरसको समचारमा माओत्सेतुङको फोटो छाप्ने सम्पादक बर्खास्त

काठमाडौं ,

नेपालस्थित चिनियाँ दुतावासले चीन विरोधी समूहको ‘सुँगा’ भनेर टिप्पणी गरेको एक प्रधान सम्पादकको जागिर जाने भएको छ ।कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको काठमाडौं पोष्टका प्रधान सम्पादक अनुप काफ्लेको जागिर आजबाट जान लागेको हो ।

अध्यक्ष माओले नीलो रङ्गको मास्क लगाएको तस्वीरसहित काठमाडौं पोष्टले प्रकाशित गरेको एउटा समाचार प्रकाशित गरेको थियो । त्यसमा चीनले कडा आपत्ति जनाउँदै विश्व कम्युनिस्ट आन्दोलनका लोकप्रिय नेता माओत्सेतुङलाई अपमान गरेको आरोप लगाएको छ ।

पोष्टको लेखले चीनको राजनीतिक प्रणाली र अध्यक्ष माओमाथि प्रहार गर्न खोजेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा चीनले खेलेको भूमिकामाथि पोष्टको समाचारले प्रश्न उठाउनु पुर्बाग्राहि र गलत मानसिकताले ग्रसित भएको दुतावासको ठहर छ ।

विज्ञप्तिमा पोष्टका सम्पादकको नाम नै उल्लेख गर्दै उनले चीनविरोधी शक्तिको चाकरी गरेर बारम्बार पूर्वाग्रही ढंगले समाचार प्रकाशन गरेको आरोप समेत लगाइएको छ । यद्दपी काठमाण्डौ नेश्नल मिडियाका सम्पादकहरुले भने चिनियादुताबासले मर्यादा नाघेको दाबी गर्दै दुताबासलाई सच्चिन आग्रह समेत गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।