काठमाण्डौ ।
यौन दुर्ब्यवहार (बलत्कार) आरोपमा करिब चार महिना देखी थुनामा रहेका पुर्ब सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाउई दिएको छ । सोमबार अदालतले सो निर्णय सुनाएको हो ।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा महरालाई तीन महिना अघि पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको थियो । उनी डिल्लीबजार स्थित कारागारमा थिए ।
महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएपछि उनी सोमबार नै डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।कारागार बाहिर महराको स्वागतमा उनका समर्थकहरुको ठुलो संख्यामा भीड जम्मा भएको थियो । माहोलले उनी सानदार तरिकाले बाहिरएको आभास समेत गराएको छ ।
थुनामुक्त भए पनि महराले यो समचार तयार पार्दा सम्म कुनै प्रतिक्रिया दिएका छैनन् । तर,बलत्कारको आरोप लगाएकी रोशनी शाहीले भने प्रतिकृया दिईसकेकी छिन् । उनले महरालाई फसाउने षडयन्त्र सफल नभएको र आफुहरु दुबै जनाले न्याय पाएको बताएकी छिन् ।
सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतले महरा विरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। भने उनलाई जिल्ला अदालत काठमाडौंले कार्तिक १८ गते डिल्लिबजार कारागार पठाएको थियो ।