चीन बाट उद्दार गरी १७५ जना नेपाल ल्याईयो,ज्वरोका कारण रोकिए ६ जना

काठमाण्डौ ।
कोरोनाभाईरसको उदयी शहर वुहानबाट एक सय पचहतर जना नेपालीलाई उद्दार गरी काठमाडौंको ल्याईएको छ ।

चीनको वुहान बाट उद्दार गरि नेपाल ल्याईएको बिमान त्रिअबिमा अबतरण हुदै । तस्विर : प्रदिपराज वन्त

नेपाल आउन वुहानको बिमानस्थलमा आएका ६ जना नेपाली भने उच्च ज्वरोका कारण त्यहा स्थित बिमानस्थलको सुरक्षा संयन्त्रले प्रस्थान अनुमती नदिदा पुन:वुहान फर्केका चीन स्थित नेपाली दुताबासले जानकारी गराएको छ ।

नेपाली बोकेको नेपाल एयरलाइन्सको वाइडबडी बिमान आईतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उनीहरुलाई काठमाण्डौ अबतरण पछि भक्तपुरको खरीपाटीमा बनाईएको क्वारेन्टाईन केन्द्रमा लगेको छ । उनीहरुलाई कम्तिमा ३ साता राखेर नियमित स्वास्थ्य परिक्षण गरी सामान्य अबस्था देखिएमा घर फर्कन दिईनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।