चीन ।
चीनको वुहान शहरमा रहेका नेपाली आज नेपाल फर्कने भएका छन् । तर,कोभेड-१९ (कोरोना भाइरस) प्रभावित क्षेत्र वुहानबाट शरीरको तापक्रम ३७.३ डिग्री सेन्टिग्रेडभन्दा बढी हुने नेपालीलाई स्वदेश फर्कन नदिने चिनिया सरकारले बेइजिङस्थित नेपाली दूतावासलाई दिएको छ।
नेपालले शनिबार राति कोरोना भाइरसको ‘केन्द्रबिन्दु’ चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट १ सय ८२ जना नेपालीको उद्धार गर्ने भएपछि चीनले त्यस्तो जानकारी दिएको हो ।
‘चीन सरकारले वुहानको विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा शरीरको तापक्रम ३७.३ डिग्री सेन्टिग्रेड भन्दा बढी हुने नेपालीलाई नेपाल जान नदिने जनाएको छ,’ बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए।
सन् २०१९ को डिसेम्बर अन्तिम साता उहानमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो । त्यसयता उक्त भाइरसको सङ्क्रमणबाट चीनमा १ हजार ३ सय ८२ जना र फिलिपिन्समा १ गरी कूल १ हजार ३ सय ८३ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्र ६४ हजारभन्दा बढीमा यो भाइरसको सङ्क्रमण देखिएको छ। चीनलगायत विश्वका २७ देशभन्दा बढीमा ६४ हजार ४ सय ३५ जनामा यो भाइरस भेटिएको छ।
Photo:Ekantipur








