चीनमा कोरोनाभाइरसबाट ठूलो विनाश,१४ हजार लाश जलाइएको आशंका

काठमाडौं।
गत महिना चीनको वुहान शहरबाट फैईलिएको कोरोनाभाईरसले अहिले विश्व आतंकित पारेको छ । चीनभर अहिले सम्म ४५ हजार भन्दा बढी ब्यक्तिहरु कोरोनाभाईरसले ग्रस्त छन् । भने आधिकारिक रुपमा ९०८ जनाको मृत्यु भईसकेको छ ।चीन बाहेक पहिलो पटक केहि दिन अघि फिलिपिन्समा २ जनामा संक्रमण देखिए पनि एक ब्यक्तिको भने तत्कालै मृत्यु भएको थियो । नेपालमा कोरोनाभाईरस बाट करिब आधा दर्जनमा यसको संक्रमण देखीएको छ भने अष्ट्रेलियामा एक दर्जन भन्दा बढीमा यसको संक्रमण रहेको सरकारी तथ्यांक छ ।

यो महामारीले चीनमा पछिल्लो समय चीनमा संख्यामा संक्रमितको मृत्यु भएको र चीनले यो तथ्यांक लुकाउन ठूलो संख्यामा लाश जलाएको आशंका गरिएको ताइवानन्यूजको समाचारमा उल्लेख छ ।

चीनको वुहान शहरको आकाशमा ठूलो परिमाणमा सल्फर डाइअक्साइड ग्यास देखिएको छ । लाश जलाउँदा यो ग्यास निस्किन्छ । ग्यासको ठूलो मात्राका कारण यहाँ ठूलो संख्यामा लाश जलाइएको आशंका गरिएको हो ।

चीनमा लाश जलाउँदा निस्किने ग्यासको मात्रा यति धेरै देखिनु यसकारण पनि अनौठो छ किनकि चीनमा लाश जलाउने परम्परा छैन । यहाँ मृत्युपछि लाश गाडिन्छ । वुहानका केही स्याटेलाइट तस्वीर सार्वजनिक भएका छन् जसमा वुहानको आकाशमा आगोको गोलाजस्तो केही पदार्थ देखिएको छ । यो गोला सल्फर डाइअक्साइड ग्यास उत्सर्जनका कारण देखिएको विज्ञले बताएका छन् ।वैज्ञानिकहरुका अनुसार यति ठूलो परिमाणमा सल्फर डाइअक्साइड ग्यास त्यतिबेला मात्र उत्सर्जन हुन्छ जब ठूलो मात्रामा लाश वा मेडिकलका फोहोर जलाइन्छ । चीनको सामाजिक संजालमा पनि वुहान शहरको बाहिरी भागमा शवहरु जलाइएको दावी चर्चामा छ । वुहानको आकाशमा सल्फर डाइअक्साइडको मात्रा १७०० युजी प्रति घनमिटर छ जो खतराको स्तर भन्दा २१ गुणा बढी हो । ८० युजी प्रतिघनमिटर खतरनाक मानिन्छ । चोंगक्विङग शहरमा पनि यो ग्यासको मात्रा अधिक छ र यहाँ पनि महामारी ठूलो मात्रामा फैलिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।