त्रिभुवन विमानस्थलको कफीसपमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित कफि सपमा सोमबार राती आगलागी भएको छ । विमानस्थलको प्रस्थान कक्ष नजिकै रहेको कफी सपमा आगलागी भएको हो ।बिमानस्थलका एसपी दान बहादुर मल्लका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हो । विमानस्थलको प्रस्थान कक्षमा रहेको कफी सपमा आगलागी भएपछि विमानस्थल बन्द भएको टावरले जानकारी दिएको छ ।
सो आगलागी नियन्त्रणका लागि चारवटा वारुणयन्त्रको प्रयोग गरिएको प्रहरीको भनाई छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफीसपमा राती भएको आगलागीको एक भिडियो दृष्य !

Gepostet von Nepali TV Australia am Montag, 10. Februar 2020

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।