काठमाडाैं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको धारिलो वस्तु प्रहार गरी हत्या गरेको खुलेको छ। सीसीटीभी भिडियो फुटेजबाट मुनाको हत्या धारिलो वस्तुबाट भएको प्रहरीले जानकारी दिएकाे छ।फुटेजमा चौधरीले मुनालाई घाँटीमा समातेर घिसार्दै लगेको देखिएको बताइएकाे छ। सीसीटीभी भिडियो फुटेजमा प्लास्टिकको डोरीले मुनाको हात र घाँटीमा कसेर पिर्काले टाउकोमा हानेको देखिएको हाे।
उनीहरुबीचको रिसिइबी के थियो भन्ने नखुलेको प्रहरीले बताएकाे छ। ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा आफ्नै घरमा सोमबार बिहान मुना कार्कीसँगै घरमा काम गर्ने विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए ।
मुना उनको घरको भान्साकोठामा रक्ताम्य र अचेत अवस्थामा भेटिएपछि स्टार अस्पतालमा लगिएको थियो भने चौधरी अर्को कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए।
कामदारले मुनामाथि धारिलो वस्तु प्रहार गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ।
प्रहरीले मृत भेटिएका कामदार चौधरीको ‘अन्डरवेयर’मा रगत र विर्य समेत भेट्टाएको जनााएको छ। घटनाको विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएकाे छ।