काठमाडौं । चीनले आफुलाई परेको पछिल्लो ठूलो आपत ब्यवस्थापनका लागि अनौठो चमत्कार गरेको छ । कोरोनाभाईसले विश्वको ध्यान खिचिरहेका बेला चीनले दुनिया चकित पार्ने किसिमले २४ घण्टाको अबधिमा नै हजार शैयाको अस्पताल निर्माण गरेको छ ।निर्माणमा चीनको यो चमत्कारी पुर्ण कार्यले कोरोनाभाईरसका बिरामीका लागि ठुलै राहत मिलेको छ । भाईरस सुरुवात भएको शहर वुहानमा अस्पताल संचालनमा आईसकेको छ । अहिले चीनमा कोरोनाभाईरसले करिब १ सय ५० जनाको ज्यान गईसकेकेको छ भने ५ हजार बढी प्रभावित भएका छन् ।
कोरोनाभाईरसकै कारण चीनका अधिंकास आन्तरिक बिमान उडान सहित यातायात सेबा समेत प्रबाभित बनेको छ । चीन सरकारले कोरोनाभाइरसको महामारी रोक्न १० दिनभित्रै हस्पिटल बनाउने घोषणा गरी कामदार खटाएको थियो ।
सरकारको आदेश आउनासाथ दिनरात नभनी चिनियाँ कामदारले हस्पिटल तयार पारेका हुन् । हस्पिटल बनाउन सयौं डोजर र एस्काभेटर प्रयोग गरिएको थियो । अझै ३ वटा अस्पताल बन्दैछन्।
हस्पिटल तयार हुनासाथ अहिले त्यहाँ कोरोनाभाइरसका विरामी सिफ्ट गरी उपचार थालिएको बेलायती पत्रिका डेलीमेलले जनाएको छ । उक्त भाईरस अहिले करिब दुई दर्जन बढी मुलुकमा फैलिसकेको छ ।