प्रदेश २ का जिल्लामा सवारी दुर्घटनामा बृद्धी, दुर्घटना बढ्नुको मुख्य कारण मानवीय लापारवाहि

  इन्दिप कोइराला

बारा जिल्ला लगायत प्रदेश २ को ८ वटा जिल्लामा सवारी दुर्घटनामा बृद्धी भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्याड्ढले दुर्घटनाको डर लाग्दो तथ्याँक देखाएको हो ।

आर्थिक बर्ष ०७३÷७४ मा मध्ये क्षेत्रका ८ जिल्लामा १ हजार १ सय ९४ सवारी दुर्घटनामा ४ सय ६ जनाको मृत्यु भएको छ, भने ०७४÷७५मा १ हजार १ सय ५ दुर्घटनामा परी ३ सय ९४ जनाले ज्यान गुमाएका छन् ।

यस्तै आर्थिक बर्ष ०७५÷७६ मा ९ सय १४ सवारी दुर्घटनामा परी ७ सय ३५ ले ज्यान गुमाउँन बाध्य भएका छन् । यो बर्षको पुस मसान्त सम्मको तथ्याँक अनुसार ६ महिनामा ५ सय २७ दुर्घटनाबाट २ सय ४१ ले ज्यान गुमाईसकेका छन्, जस मध्ये १ सय ७९ पुरुष, ३६ महिला र २६ बालबालिका छन् ।

दुर्घटनामा बिशेषगरी पुरुष पर्ने गरेका छन्, भने पछिल्लो तीन वर्ष सहिँत पौष मसान्त सम्ममा २ सय १० बालबालीका दुर्घटनाको शिकार भएका छन् ।

यो संख्या आर्थिक वर्ष ०७५÷७६ को सवारी दुर्घटनामा भन्दा १५ प्रतिशतले बढि हो । मानिसमा जनचेतना भएको तर कानुन कार्यन्वयन फितलो भएका कारण सर्वसाधारणले मनपरि गर्ने प्रबृति बढ्दै गएपछि दुर्घटनाको संख्यामा बृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रमुख ट्राफिक प्रहरी उपरिक्षक श्यामकुमार महतोले बताए ।

प्रदेश नम्बर २ मा प्रतेक आर्थिक वर्षमा करिब ५०० जना सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् जसमध्य सप्तरि, सिरहा र रौतहट जिल्लामा बढी दुर्घटना हुने गरेको तथ्याँकले देखाएको छ । ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले सवारी दुर्घटना बढ्नुको मुख्य कारण मानवीय लापारवाहि रहेको जानकारी दिएको छ । ट्राफिक नियमको पालना नगरी असवधानि पुर्वक सवारी चलाउँदा बढि दुर्घटना भएको ट्राफिक प्रहरी उपरिक्षक महतोले बताए ।

यसरी सवारी दुर्घटनाको संख्यामा बृद्धि भएपछि प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाले दुर्घटना न्युनिकरण गर्न आफ्नो मातहतको ८ ओटै जील्लामा चेकजाँचका साथै जनचेतना कार्यक्रमलाई निरन्तरता दिन निर्दसन गरेको छ ।

प्रदेश ट्राफिक कार्यालय पथलैयाले पौष महिनामा मात्र २ सय १८ ओटा जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको ट्राफिक प्रहरी उपरिक्षक महतोले बताए । उनले आफु आएपछि चेतनामुलक कार्यक्रममा आफु लागेको बताए ।

प्रदेश ट्राफिक कार्यालय पथलैयाले माघ महिनामा यस कार्यक्रमलाई २ सय ८० प्रतिशतले बृद्धि गर्ने सोच बनाएको छ अर्थात माघ महिनामा प्रदेश ट्राफिक कार्यालय पथलैयाले ८ ओटा जील्लामा गरी ३ सय ५७ ओटा चेतना मुलक गर्ने अनुमान गरेको छ ।

हाल ट्राफिक प्रहरीले आफ्नो मातहतका विभिन्न उपकरणको (रडार गन, ब्रेथलाईजर) सहित चेकजाँच गर्ने गरेको र यसबाट दुर्घटना न्युनिकरण हुने आशा लिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।