अष्ट्रेलियामा फालिएका बोतल संकलन गरेर नेपालमा शिक्षा

सिड्नी ।
कलेक्ट एण्ड एजुकेट नामक संस्थाले अष्ट्रेलियाको सिड्नीमा फालिएका खाली बोतल संकलन गरेर त्यस बापत आएको रकम नेपालका ग्रामीण भेगमा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।
१० सेन्ट प्रति बोतल बाट संकलन गर्दै नेपालमा शिक्षा बाट बन्चित भएका र ग्रामीण भेगका शिक्षामा सहयोग गर्ने उद्देश्य सहित स्थापित संस्थाले शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ओदाली स्थित विपि कोईराला आधारभूत विद्यालयमा स्टेशनरी वितरण गरेको छ ।

शैक्षिक सामाग्री बितरण गर्दै कलेक्ट एण्ड एजुकेटका प्रतिनिधि |तस्विर:जनसरोकारपोष्ट

विपन्न, गरिब समुदायका बालबालिकाको शैक्षिक क्षेत्रमा पहुँच पु¥याउने उदेश्यले उक्त विद्यालयमा स्टेशनरी वितरण गरिएको हो । विद्यालयमा रहेका गरिब, विपन्न दलित समुदायका बाल विकास र कक्षा १ मा अध्ययनरत बालबालिकाहरुलाई कापि, कलम, पेन्सिल तथा स्टेसनरी सामान वितरण गरेको हो ।

कलेक्ट एन एजुकेटका कार्यकारी निर्देशक मोहन भट्टले अष्ट्रेलियन सरकारले जथाभावि फालिएका बोतल संकलन गरेपछि एक बोतल बाफत नेपाली ८ रुपैँया दिने घोषण अनुसार सन २०१७ देखि नै त्यहाँ बस्ने नेपाली समुदायले अभियान संचालन गरेको बताए ।

‘हामी सबै आ–आफ्नो पेशामा छौँ, ‘उनले भने, ‘काम बाहेकको समयमा खाली बोतल संकलन गरेर सरकारलाई बुझाउँछौँ, त्यो बाफत पाएको रकमले नेपालको शिक्षामा सहयोग गछौँ ।’ आफुहरुको संस्था विशुद्ध समाजिक अभियान भएकाले एनजिओ नभएको स्पष्ट पारे ।

उनका अनुसार भुकम्प गएको सिन्धुपलान्चोक जिल्लामाको एक सामुदायिक विद्यालयमा मिस नेपाल अनुष्का श्रेष्ठ मार्फत् शिक्षकलाई तलब दिईएको बताए । सो कार्यक्रममा भट्टले आगामी दिनमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सहयोग गरिने प्रतिबद्दता गरे ।

विद्यालयका प्रमुख बिरुराम सार्कीले भने ‘खाली बोतल संकलन गरेर त्यहाँ वातावरणमा समेत सुधार हुने, यता नेपालमा गरिब तथा विपन्न समुदायको शिक्षाका लागि सहयोग दुवै देशका लागि कार्यक्रमबाट फाईदा भएको छ’ । ९१ प्रतिशत गरिब, दलित समुदायका बालबालिका अध्ययनरत विद्यालयमा शैक्षिक समाग्री वितरणबाट केही राहत पुग्ने उनले थपे बताए । ‘कक्षाकोठामा विद्यार्थी पुग्छ, ‘प्रअ सार्कीले भने, ‘उ संग न कापि न कलम हुन्छ ।’ सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका बालबालिकाको शैक्षिक सुधारका लागि अष्टे«लियामा रहेरपनि नेपाली विद्यार्थीको लागि गरेको काम सरानिय भएको उनको भनाई छ ।

भीमदत्त नगरपालिका १२ का वडा सदस्य डम्बर दत्त भट्टको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी, विद्यार्थी, अभिभावक, शिक्षक लगायत स्थानीयको उपस्थिति थियो ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।