अग्नि सापकोटालाई पक्राउको माग सहित सर्वोच्चमा रिट

काठमाडौं, ।
नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटा विरुद्ध अन्तत: सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । उनको हुनेवाला सभामुखका लागि चर्चा चले देखि नै बिबादमा तानिएका थिए ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्राबर सापकोटा विरुद्दको रिट दायर गरेका हुन् । अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।

अधिवक्ता त्रिपाठीले सभामुख निर्वाचनको सबै प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । सापकोटालाई गिरफ्तार गरेर अनुसन्धान थाल्न पनि उनले माग गरेका छन् ।

सापकोटालाई लामो समयसम्म पक्राउ नगर्ने प्रहरीहरुलाई पनि कार्वाही गर्न माग गरेका छन् । सापकोटा माथिको अनुसन्धानका लागि विशेष कार्यदल बनाउन पनि रिटमा उल्लेख गरिएको त्रिपाठीले बताएका छन् ।

काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटा विरुद्द सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । लामाको परिवारले पछिल्लो समय सापकोटाका बिरुद्द उत्रिएका छन् । यस्तै हत्या आरोप लागेकाले उनलाई सभामुख बनाईनु गलत भन्दै माईतीघर मन्डलामा बिरोधका कार्यक्रम समेत भईरहेका छन् ।

निबर्तमान सभामुख कृष्ण बहादुर महराले राजिनामा दिए देखि नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड र प्रधानमन्त्री केपी शर्मा ओली सापकोटालाई सभामुख बनाउन लागिपरेका थिए । सभामुखका लागि सापकोटाको मात्रै उमेद्दवारी दर्ता छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।