गोष्ठीमा सहभागी हुन अमेरिका गएकी उपप्रमुख बेपत्ता !

काठमाण्डौ ।

कालिकोटको तीलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) चार महिनादेखि सम्पर्कविहीन भएकी छन्। गत असोजदेखि उपप्रमुख नेपाली नगरपालिकाको सम्पर्कमा छैनन्।

कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना), तस्वीर– सामाजिक सञ्जाल

उपप्रमुख नगरपालिकाबाट सम्पर्कविहीन हुँदा दैनिक कामकाजमा समेत असर परेको छ। नगरपालिकाकी उपप्रमुख नेपाली असोज महिनामा नगरपालिका संघको संयोजनमा ‘अमेरिका भिजिट’मा गएको तर अहिलेसम्म पनि नफर्केको नगरपालिका प्रमुख रत्नबहादुर शाहीले बताए।

‘उपप्रमुख नेपाली नगरपालिका संघको आयोजनामा अमेरिका भिजिटमा जानु भएको हो’, प्रमुख शाहीले भने, ‘केही समयअघि पुससम्म च्याटमा कुराकानी हुन्थ्यो। तर, अहिले सम्पर्क भएको छैन्।’

केही समयअघि च्याटमा उपप्रमुखले आफू बिरामी भएको र उपचारको क्रममा रहेको अलि ढिला हुने भने पनि पछि खबर नआएको प्रमुख शाहीले बताए। उपप्रमुख नहुँदा अहिले नगरपालिकाको काममा असर परेको प्रमुख शाहीले बताए।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।