राष्ट्रिय सभा सदस्यमा नारायणकाजी विजयी

पोखरा ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन् ।श्रेष्ठका प्रतिदन्दी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरले जितेका हुन् । गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् । उनले ३३६६ मत प्राप्त गरेकी छन् । प्रतिदन्दी नेपाली काँग्रेसकी विमला गौचनले २३४० मत प्राप्त गरिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।