पक्राउ परे सांसद दीपक मनाङ्गे

पोखरा ।
गण्डकीका प्रदेशसभा सदस्य राजिव गुरुङ अर्थात् दिपक मनाङगे पोखराको लेकसाईड बाट बिहिबार पक्राउ परेका छन् । सांसद मनाङगेले मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्बजनिक स्थलमै कुटेका थिए ।गुरुङलाई कुटेपछि बिबादमा तानिएका मनाङेले बुधबार पत्रकार सम्मेलन गरी घटनाका बारे जानकारी गराएका थिए । सम्मेलनमा गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले ठगलाई झापड नहानेर के मैले माला लगाइदिऊँ भन्दै प्रश्न गरेका छन् । मनाङ्गेले सानो घटनालाई गुरुङले ठुलो मिडियाबाजी गरेको बताए ।

एन्फा कास्कीका अध्यक्ष गुरुङले पनि बुधबार पत्रकार सम्मेलन गरेर मनाङ्गे विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । गुरुङकै किटानीका आधारमा मनाङगेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई होटेल प्याराडाइजबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।