हिटर बालेर सुत्दा ८ पर्यटकको ज्यान गयो

काठमाडौ ।
मकवानपुरको थाहा नगरपालिकाको पानारोमा रिसोर्टमा हिटर बालेर सुतेकै कारण ८ भारतीय पर्यटकको मृत्यु भएको छ ।सोमबार राती पर्यटकहरुले हिटर बालेर सुतेको र हिटरकै कारण निसास्सिएर अचेत अबस्थामा फेला परे पनि उपचारका लागि अस्पताल लगिएको थियो । भारतको केरेलाबाट उत्तरी क्षेत्रको दामनमा घुम्नका लागि आएका उनिहरु बुधबार बिहान बेहोस अवस्थामा भेटिएका थिए ।

उनिहरुलाई उपचारको लागि काठमाण्डौंको ह्याम्स अस्पताल ल्याइएको थियो । अस्पतालका सिइओ अनिल ओडिलले बे’होस अवस्थामा रहेका ८ जनाको नै मृत्यू भएको पुष्टी गरेका छन् । १५ जनाको टोली आएका उनिहरु दुई कोठामा बसेका थिए । अर्को कोठामा बसेका ७ जना भने सकुशल छन् ।

मृत्यु हुनेमा २ पुरुष, २ महिला, २ बालक र २ बालिका रहेको प्रहरीले जनाएको छ । चिसोबाट बच्नका लागि उनीहरुले ग्याँसको हिटर बालेको खुल्नमा आएको छ । अहिले नेपालमा भ्रमण बर्ष २०२० चलिरहेको छ । यो घटनाले भारतीय पर्यटकहरुलाई दुखि बनाउनुका साथै नेपाल आउने पर्यटनमा समेत कमी हुनसक्ने देखिन्छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।