रवि लामिछानेले पाए सफाई

काठमाण्डौ ।
पत्रकार शालिकराम पुडाशैनीको आत्महत्यामा दुरूत्साहनको मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले सफाइ पाएका छन्।आईतबार चितवन जिल्ला अदालतले लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई सफाइ दिएको हो । न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि उनलाई त्यो अवस्थामा पुग्न बाध्य पारेको भन्दै सरकारी वकिल कार्यालय चितवनले तीनैजनालाई मुद्दा लगाएको थियो।

पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनको साथबाट आत्महत्याअघि खिचिएको भिडियो प्राप्त भएको थियो। जसमा उनले लामिछानेसहित तीनै जनाका कारण आफू मर्नुपरेको बताएका थिए।

सरकारी वकिल कार्यालयले लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।