दुई नाबालक सन्तान सहित दम्पती त्रिशुली नदिमा हाम फाले

काठमाडौँ । काठमाडौंको थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशुली नदिमा हामफालेका छन् । घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती जमुना रेग्मी (लामिछाने) को मृत्यु भएको छ । साथै दुई नाबालक बेपत्ता भएका छन् ।माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएका उनीहरु काठमाडौंस्थित घर फर्कने क्रममा बिहिवार साँझ ६ः३० बजेको धादिङको बेनिघाटस्थित बाँदरे भन्ने स्थानमा रहेको झोलुङ्गे पुलबाट दुई नाबालक बच्चा लिएर दम्पत्तिले नदिमा हाम फालेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

नदिमा हाम फाले लगत्तै प्रत्यक्षदर्शीले प्रहरीलाई खवर गरेपछि स्थानीय र्याफ्टिङ गर्ने समुह लिई प्रहरीले बिनयलाई जीवित उद्धार गर्न सफल भएपनि जमुनाको भने मृत्यु भइसकेपछि शव फेला पारेकोे छ । घटनामा २ वर्षीय र ६ महिने बालक बेपत्ता छन् । नाबालकलाई जीवितै उद्धार गर्न सकिने सम्भावना सकिएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उद्धार गरिएका अन्दाजी ३८ बर्षिय श्रीमान बिनयलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । उनीहरुले आत्महत्या गर्नुपर्ने कारण खुलेको छैन । यद्यपि जमुनाले फेसबुक स्टाटसमा लेखे अनुसार मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकमधनीले दवाव दिएपछि सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

जमुनाले चलाएको इम्जिर अनुमग नामक फेसबुकमा गत जनवरी ४ मा थानकोटमा नयाँ डिएसपी आएको मिटरब्याजमा ऋण दिएर ब्याज तिर्न नसक्नेलाई मर्न बाध्य बनाउने गिरोहलाई कारवाही गर्न माग गरेकी थिईन् । उनले फेसबुकमा नाम समेत परिवर्तन गर्नु र मिटर ब्याजका अपराधीको दवाव थेग्न नसकेपछि कारवाही हुने आशामा त्यस्तो स्टाटस राखेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको हो । मकवानपुरका चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोटमा बस्दै आएका थिए ।

स्रोत :पोष्टपाटी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।