एमसीसी रोकेपछि जालझेलमा कारावास पुर्‍याइए महरा !

काठमाडौं / पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछि अमेरिका लगायत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्‍याइए भन्ने किसिमका टिका टिप्पणी समेत आउन थालेका छन् ।नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको ७७ पृष्ठ लामो सम्झौता पढ्दा थाहा भयो पुर्वसभामुख महरा वास्तवमा आफु सकिएरै भएपनि देशको अस्तित्व र अस्मिता बचाएका रहेछन् । स्वाधीन नेपालको गम्भीर असहमति हुनुपर्ने मुख्य बुँदा यहाँ प्रस्तुत गरिएको छ ।

महराले यस कारणले एमसीसी रोकेका थिए :

१) अमेरिकाले नेपाललाई प्रदान गर्ने भनिएको सहयोग रकम कुन परियोजनाका लागि हो भन्ने कुरा अमेरिकाले आफै छान्ने ।

२) एमसीसी लागू भएपछि अमेरिकाको एमसीसी परिचालन बोर्डलाई नेपालले स्वायत्त अधिकार सहित संबैधानिक मान्यता प्रदान गर्नुपर्ने ।

३) एमसीसी परियोजना संचालनमा नेपालले कुनै पनि चासो राख्न नपाउने , कुनै सोधपुछ नै गर्न नपाउने ।

४) एमसीसी परियोजनाको बौद्धिक सम्पत्ति अमेरिकाको हुने ।

५) रोजगारी पनि अमेरिका कै नागरिकले पाउने ।

६) एमसीसी परियोजना लागू भएका स्थानको जमिन, नदी , बन जेजे पर्छ सबै नेपालका सम्बन्धित मन्त्रालयले अमेरिकाको नाममा बनाइदिनुपर्ने ।

७)एमसीसी लागू भएको ठाउँमा अमेरिकाले आफ्नो परियोजनाको सुरक्षाका लागि अमेरिकी सेना राख्ने ।

८) एमसीसी परियोजनामा आवश्यक सम्पुर्ण सामग्री सबै अमेरिकाले नै किन्ने र नेपालले के किनेर लिएको भन्न पनि नपाउने ।

९) अमेरिकाको परियोजनामा भारतको समर्थन अनिवार्य हुनुपर्ने ।

१०) नेपालका एमसीसी संग बाझिएका कानुन स्वत रद्द भइ अमेरिकाको कानुन लागू हुने ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।