एमसीसीको पक्षमा देउवा, खुट्टा नकमाई पारित गर्नुपर्छ

काठमाण्डौ ।
नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा पछिल्लो समयको चर्चित काण्ड अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पुर्ण समर्थनमा देखिएका छन् । यद्दपी अधिकांसले यस्को बिरोध गरिरहेका छन् ।नेका सभापति देउवाले नेपालको विकासमा अमेरिकाले साथ दिन खोजेकोले एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

‘नेपालको विकासमा अमेरिकाले साथ दिन खोजेको छ, यो विषयलाई अनुमोदन गरेर जानुपर्छ,’ देउवाले भने ‘यस्तो विषयमा खुट्टा कमाएर हुन्छ र?’उनले उल्टै प्रतिप्रश्न समेत गरे ।

एमसीसीलाई गलत व्याख्या गरिएको भन्दै यो सहयोग गुम्न नहुने उनको भनाइ थियो। एमसीसीलाई लिएर सत्तारुढ नेकपामा नै मतभेद देखिएको छ भने प्रमुख प्रतिपक्षि कांग्रेसले यसलाई पारित गर्नुपर्ने बताउँदै आएको छ।

एमसिसी लोकतन्त्रका शर्त पूरा गर्ने विश्वका सबै गरीब मुलुकमा गरीबी विवरण र जनताको जीवनस्तर उकास्न अमेरिकाले ल्याएको अवधारणा हो। सन् २००४ मा अमेरिकन संसद्ले एमसिसी पारित गरी लागू गरेको हो ।

संचारकर्मी संग कुरा गर्दै नेता देउवाले कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुने उनले दाबी गरे। असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग वार्ता भइसकेको भन्दै उनले भने ‘महाधिवेशन समयमा हुनेमा अब आशंका छैन्।’ कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले असन्तुष्ट पक्षका नेताहरु पौडेल र सिटौला समूहको उपस्थितिबिना ०७७ फागुन ७ गतेदेखि १० गते १४ औं महाधिवेशन गर्ने निर्णय बहुमतले गरेको थियो।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।