सिड्नी ।
अष्ट्रेलिया यतिबेला ठुलो संकटमा गुज्रिरहेको छ । करिब महिना दिन देखिको बुसफायरले पचास करोड भन्दा बढी जिवजन्तु मरेका छन् । भने,करोडौ डलर क्षति भएको छ,हजारौ नागरिक विस्थापित भएका छन् ।
यस्तो विसम् परिस्थितिका बेला अष्ट्रेलियाको मुटु सिड्नीको ओपेरा हाउसमा मंगलबार बिहान नेपाल भ्रमण बर्ष २०२०को आधिकारिक उद्घाटन कार्यक्रममा ओपेरा हाउसमा कार्यरत सुरक्षाकर्मीले रोक लगाएका छन् ।
स्रोतका अनुसार कार्यक्रम आयोजक संग सिड्नीमा मार्च पास(परेड,र्याली) गर्ने अनुमती नभएको अबस्थामा सुरक्षाकर्मीले परेडलाई नेतृत्व गरेका पर्यटनमन्त्री योगेश भट्टराईलाई सोधपुछ गर्दै परेड रोकेको थियो । यद्दपी यसलाई राजदुत महेशराज दाहालले ठाडै अस्विकार गरे ।
नेपाली टिभि संग टेलिफोन सम्पर्कमा कुरा गर्दै राजदुत दाहालले भने “यि सबै अफबाह फैईलाईएको हो,सुरक्षाकर्मीले मन्त्रीज्युलाई रोकेको,सोधपुछ गरेको भन्ने कुरामा सत्यता छैन”। उनले थपे ‘म राजदुत संग त सुरक्षाकर्मीको दोहोरो संबाद भएको छैन,मन्त्रीज्यु त धेरै टाढाको कुरा हो” ।
राजदुत दाहालले समचारमा आए जस्तो केहि नभएको दाबी गर्दै मन्त्रीज्युको बदनाम र नेपालको बदनाम गर्ने नियतले त्यस किसिमको समचार आएको दाबी गरे । दाहालले भने ‘हामी कार्यक्रम बिसर्जन गरेर फोटो खिच्नका निम्ति ओपेरा हाउस तिर गएका थियौ त्यस्तो समस्या कतै भएको छैन ।
नेपाल भ्रमण बर्ष २०२० को उद्दघाटन भब्य भएको र अष्ट्रेलियाको अहिलेको पिडामा मल्हम लगाउने तर्फ नेपाल सरकार पनि सकरात्मक रहेको प्रतिबद्दता राखिएको राजदुत दाहालले बताए । र्यालीका सन्दर्भमा अष्ट्रेलियाको परिस्थिति अनुरुप नै रद्द गरिएको दाबी गरे । तर स्रोतले भने प्रसासन संग र्यालीका लागि अनुमति लिने कामको जिम्मेवारी डिला खरेलले लिएका थिए । यस बिषयमा निरन्तर रुपमा खरेललाई टेलिफोन सम्पर्क गर्दा फोन उठेन ।
यद्दपी केहि प्रत्यक्षदर्शी सहभागीहरुले भने सुरक्षाकर्मीहरुले परेड रोकेको र कार्यक्रमको ब्यबस्थापन अत्यन्त फितलो रहेको बताएका छन् । कार्यक्रमको नेतृत्व अष्ट्रेलियाका नेपाली राजदूत महेशराज दाहाल, एनएसडब्ल्यूका कन्सुलर जनरल दीपक खड्का र भिक्टोरियाका कन्सुलर जनरल चन्द्र योन्जनले गरेका थिए ।








