ओली सरकारले हटायो ७ वटै प्रदेशका प्रदेश प्रमुख

काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले सरकारका सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रमुखहरुलाई हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपाको विरोधका बीच तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ प्रदेशका प्रदेश प्रमुख नियुक्ति गरेको थियो । नेकपाको तर्फबाट ओलीले सरकारको नेतृत्व गरेसँगै उनीहरुलाई हटाउन खोजिएपनि काँग्रेसको विरोध गर्दै आएको थियो ।

देउवा सरकारले प्रदेश १ मा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेशवर लाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गा केशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुखको रुपमा नियुक्ति गरेको थियो ।सरकारले पदमुक्त गरे लगत्तै कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले सरकारको कदमले दन्दलाई निम्तो गरेको प्रतिकृया दिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।