काठमाण्डौ
मंगलबार दिदिबहिनि र भान्जी संग तिहार टिका लगाउदा सम्म स्वतस्फुर्त नै देखीनु भएको थियो । तर बुधबार एक्कासी ग्राण्डीको आईसियुमा भर्ना हुनु भएको खबर धेरैलाई पत्याउन गाह्रो भएको थियो ।बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको आज पुन: दोस्रो पटक डायलाइसिस गरिएको छ । उहाँको बुधबार पहिलोपटक डायलाइसिस गरिएको हो ।प्रधानमन्त्री ओलीको रगतमा पानीको मात्रा धेरै भएकाले रगतलाई शुद्ध बनाउन डायलाइसिस गरिएको जानकारी प्राप्त भएको छ । उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार अबस्था सामान्य भनिएको छ । बुधबार राती वा बिहिबार डिस्चार्ज हुने भनिए पनि आज पनि सम्म पनि डायलाईसिस गरिएको छ ।
प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे भने अस्पतालले कुनै औपचारिक जानकारी गराएको छैन । प्रधानमन्त्रीको सचिवालयले पनि उहाँको स्वास्थ्यअवस्थाबारे कुनै औपचारिक जानकारी दिएको छैन । यद्दपी सामान्य अबस्था रहेको प्रेस रिलिज भने बुधबार नै सार्बजनिक गरेको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी नआउँदा उहाँको स्वास्थ्यमा के भएको हो भन्नेबारे जनचासो बढ्दै गएको छ । ग्राण्डी अस्पतालको आईसीयूको बेड नम्बर १४१६ मा उपचाररत प्रधानमन्त्रीको वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ एवं उहाँका निजी चिकित्सक डा. दिव्या सिंह शाह, वरिष्ठ कलेजो तथा पेट रोग विशेषज्ञ डा. दिलिप शर्मा र युरोलोजिस्ट तथा वरिष्ठ चिकित्सक डा. प्रेम ज्ञवालीलगायतको टोलीले उपचार गरिरहेको छ ।
प्रधानमन्त्री ओली १२ बर्ष अघि देखी मृगौलाका पिडित हुनुहुन्छ । उहाँले २ महिना अघि साउन र भाद्र महिनामा सिंगापुरमा स्वास्थ्य परिक्षण गर्नु भएको थियो भने गत बर्ष मनमोहन कार्डियो
भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पाँच दिन राखेर उपचार गरिएको थियो ।
त्यतिबेला चिकित्सकहरुले हरेक दिन प्रधानमन्त्रीको स्वास्थ्यको अपडेट प्रेस नोटमार्फत गराउने गरेका थिए । तर अहिले भने सूचना दिन निजी चिकित्सक र प्रधानमन्त्रीकै सचिवालयले लुकाइरहेको छ ।