काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालको आइसियुमा भर्ना भएका छन्। ओली नियमित चेकजाँचका लागि आज विहान अस्पताल पुगेका हुन् ।
नियमित परिक्षणका क्रममा प्रम ओलीलाई आईसियुमा भर्ना गरी थप उपचारका क्रममा रहेको बालुवाटार स्रोतलाई उदृत गर्दै खबर सार्बजनिक भएका छन् । बालुवाटार स्रोतका अनुसार ओलीलाई पछिल्लो समय टाउको दुख्ने र ज्वरो आउने समस्या छ ।
आईसियुमा ओलीको निजी चिकित्सक दिव्या सिंह शाहको टिमले उपचार गरिरहेको छ । यस बिषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित चेकजाँचका लागि प्रधानमन्त्री अस्पताल गएको र अवस्था सामान्य रहेको बताएका छन् ।
ओलीले १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका थिए ।भने,नियमित रुपमा सोको औषधी समेत खादै आएका छन् । दुई महिना अघि मात्रै प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार समेत गराएका थिए ।