सिड्नी ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले नेपालीहरुको महान पर्व बिजया दशमीको अबसरमा शुभकामना ब्यक्त गरेका छन् । करिब डेढ लाख भन्दा बढी नेपालीको बसोबास रहेको अष्ट्रेलियामा नेपाली ठुला चाडपर्बमा यहाँका स्थानीय नेता देखि प्रधानमन्त्री समेतले शुभकामना दिने गरेका छन् ।
बहुसाँस्कृतिक देशका कारण पनि हरेक देशको महान पर्बहरुमा अष्ट्रेलियाको सरकारले नै शुभकामना दिने गरेका छन् । शुभकामना सन्देशमा ‘नबरात्री’का रुपमा सम्बोधन गरेका छन् । सन्देशमा “हिन्दु समुदाय सँग सँगै बसेर, खुसी साथ परिवार र आफन्त सँग यो पर्व मनाउनुहुनेछ भन्ने आशा लिएको छु ।”उनले भनेका छन् ।
नवरात्री बहुसांस्कृतिक अष्ट्रेलियाका लागि एउटा ठुलो पर्व भएको उल्लेख गर्दै ‘हामी एकले अर्काको सम्मानका साथ संस्कृतिलाई मनाउने परम्परा कायम राख्नुपर्छ ।’ उनले लेखेका छन् ।