काठमाण्डौ ।
सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसमको खराबी मौसमको कारण सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले जानकारी दिएका छन् । हेलिकप्टर अवतरण भएको ठाउँमा पुग्नुभएका प्रहरी निरीक्षक (इन्सपेक्टर) रुपाल अधिकारीका अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६/६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेका थिए ।
हेलिकप्टरमा केही विदेशी यात्रु पनि रहेको र सबै यात्रु सुरक्षित रहेको पनि जानकारी प्राप्त भएको छ ।
Photo : Saroj Shree / twitter