चर्चित पत्रकार रवि लामिछानेलाई शालिकराम पुडासैनिको आत्महत्यामा दुरुत्साहन गरेको भन्दै प्रहरीले सात दिनदेखि हिरासतमा राखेको छ । पुडासैनिले आत्महत्या गर्नुपुर्व बनाएको भिडियोमा लामिछानेले ठूला व्यापारी, बालुवा ठेकेदारसँग पैसा लिएको जानकारी आफूसँग भएको आरोप लगाएका थिए । आत्महत्याको अनुसन्धान भइरहदा एक युवकले सिधा कुरा जनतासँग कार्यक्रममा भिडियो हटाउनकालागि ३ लाख बुझाएको घट्ना सार्वजनिक भएको छ । देशकै चर्चित साप्ताहिक शुक्रबारले सिधा कुराको कार्यालयमा १० लाख मागे शिर्षकमा तिलक गैरेले लगाएको आरोप सार्वजनिक गरेको हो । हेरौँ, तिलक गैरेले के भनेः
मेरो बुबामाथि २०७५ पुष १९ गते बलात्कारको उजुरी पर्यो । अहिले मुद्धा विचाराधीन छ । जसले मेरो बुबालाई बलात्कारको आरोप लगाएकी हुन् । उनले दाङमा पनि अन्यलाई यस्तै आरोप लगाएको सुनेपछि मिसिल खोज्न दाङ गएँ ।
चैतको मध्यतिर हुनुपर्छ । एकाएक सिधा कुरा जनतासँग मा बलात्कारको पीडित भनिने युवतीलाई बयान फेर्न प्रभावमा पार्न उनको व्यागमा पाँच लाख राखिदिएको भनेर समाचार प्रशारण भएछ । उनीहरु अदालतमै आएर भिडियो खिचेर गएका रहेछन् । रवि लामिछाने, दीपक बोहरा र युवारज कँडेल आएका रहेछन् । कार्यक्र प्रशारण भयो । म दाङमा थिएँ । चितवनमा हाम्रो परिवार पनि थियो । कसैसँग घट्नाबारे सोध्दै नसोधी, हुँदै नभएको, गर्दै नगरेको समाचार आएपछि म चितवन फर्किए । रविको सहयोगी कँडेलको नम्बर फेला पर्यो । मैले उनलाई फोन गरेर अदालतमा विचाराधीन मुद्धामा झूटो कुरो किन बोल्नुभयो ? यो झूटो हो, पीडित भनिएकी युवतीले अरुलाई पनि फँसाएकी छन् भने ।
कँडेलले अहिले हामी नुवाकोटमा छौ, यतै आउनु भने । म आउन सक्दिन भने । अफिस कहाँ हो म आउँछु भनेपछि काठमाडैँ पानीपोखरीमा मिसिल लिएर आउनु भने । म चितवनबाट काठमाडौँ आएर पानीपोखरीमा रहेको न्युज २४ को कार्यालयमा गएँ ।
हामी तीन जना गएका थियौँ । रविलाई दाइ भनेर चितवन जिल्ला अदालतमा जे समाचार प्रशारण गर्नुभयो त्यो झूटो हो, पैसा दिएको छैन, लेनदेन गरेको छैन । मिसिल हेर्नुस्, प्रमाण केही भए मेरो बुबालाई सजाय हुनुपर्छ । नत्र ५९ वर्षको निर्दोषलार्य फँसाउनु पाप हो । योबारे बोल्दिनपुर्यो भनेँ ।
रवि सरले यसरी बोल्न यो रेडियो एफएम हैन भने । केही समय विवाद भयो । यो घट्नाको बारेका अनुसन्धान गरेर कार्यक्रम बनाउुस् र देखाउनुस्, बुबाको कार्यक्रमको भिडियो युटयुबबाट हटाउनुस् भन्दा त्यत्तिकै कार्यक्रम बनाउन लाग्ने खर्च १० लाख जति दिन युटयुबबाट पनि हटाउँला भने ।
म त झसँग भए । म त उहाँको फ्यान थिएँ । अन्यायविरुद्ध आवाज उठाउने व्यक्ति भन्ने लागेको थियो । उल्टो पैसा मागेपछि के भन्ने के भन्ने भयो ।
दाइ म त तपाईको फ्यान पनि हो । अन्यायमा पनि परेको हुँ । भिडियो भए पनि हटाइदिनुस् न त भन्दा हामीबाट केही हुन्न, अदालत गए हुन्छ भने ।
पैसा नदिए केही हुन्न भनेपछि मैले १० लाख त छैन, मसँग भएको साढे ३ लाख रुपैँया छ, हुन्छ भने लिनुस् भने । उहाँले ल यो भित्र गएर युवराज कँडेललाई दिनु म हटाइदिन्छु भन्नुभयो ।
म चितवन फर्किए । चितवन गएर हेर्दा हटेको रहेनछ । मैले रवि दाइलाई फोन गरेर मिडियो त हटेको रहेनछ भनेँ । उहाँले युवराजसँग कुरा गर्नुभने । युवराजलार्य फोन गर्दा साढे ३ लाखले भिडियो हट्दैन , नाम चै हटाइदिएका छौँ भने । बाँकी पैसान दिन सकिनँ । उलटो अन्यायमा परेँ ।रवि लामिछाने बिना स्वार्थ हिँडेको रहेनछ । राम्रो मान्छे रहेनछ भन्ने देखियो । मैले अहिले जे बोलेको छु, त्यसबारे अनुसन्धान होस् । म जहाँ जान पनि तयार छु ।शुक्रबारसँगको कुराकानीमा आधारित