काठमाण्डौ।
टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् । प्रहरी अनुसन्धानमा रहेको शालिकराम पुँडासैनीको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै पौडेलले बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् ।
निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल अध्यक्ष किशोर श्रेष्ठ र शालिक रामको सार्बजनिक गर्ने नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला विरुद्ध उजुरि हालेकि हुन् । पत्रकार पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानका लागि मंगलबार फेरी पाँच दिनको म्याद थप गरिएको छ ।








