रबि लामिछाने सहित तीनै जनालाई ५ दिनको म्याद थप (भिडियो सहित)

चितवन ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका टेलिभिजन प्रस्तोता रबि लामिछाने सहित रुकु कार्की (अस्मिता) र युवराज कँडेलका बिरुद्द ५ दिन म्याद थप गरी अनुसन्धान गर्न चितवन जिल्ला अदालतले म्याद थपेको छ ।जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। यस अघि पनि अदालतले ५ दिन म्याद दिएर अनुसन्धानका लागि निर्देशन दिएको थियो ।वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस गरेका छन्। प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरेका थिए। आरोपी तीन जनालाई विहान १० बजे नै अदालत लगिएको थियो ।

गत बिहिबार दिउसो काठमाण्डौ बाट अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो भने, रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो। पुडासैनीकी पत्नी सम्झना पुडासैनीले पुडासैनीको १३ दिनको काजक्रिया सकिए लगत्तै आईतबार नै जिल्ला अदालत काठमाण्डौमा तीनै जना बिरुद्द किटानी जाहेरी दिएकी थिईन् ।

पत्रकार पुडासैनीले सुसाईड भिडियो नोटमा रबि सहित तीनै जनाको कारण आफु मर्न बाध्य भएको भन्दै भिडियो रेकर्ड गराएको भिडियो सार्बजनिक भएपछि पक्राउ गरिएको हो भने प्रहरीले मोबाईलको फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको र आबाज पनि उनकै भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उता रबिको समर्थकहरुले उनी पक्राउ परे देखी नै चितवनमा रिहाईको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।