एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा कडेल बिजयी (मतसुची सहित)

६ जुलाई सिड्नी ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको निर्बाचनमा अध्यक्ष पदमा केशब कडेल बिजय भएका छन् । कडेलले ४१४८ मतले बिजय प्राप्त गरेका थिए भने,उनका प्रतिदन्दी दिनेश पोख्रेलले ३७५७ मत ल्याएका थिए । ३९१ को भारी मतले कडेलले चुनाब जित्ता मुख्य पदहरुमा उनकै समुहले चुनाब जितेको छ ।महासचिब पदमा डा.ज्ञानेन्द्र रेग्मी ४१५८ मत हासिल गर्दै बिजय बनेका छन् । उनका प्रतिदन्दी संतोष दाहालले २५२२ र डा.शंकर ढकालले ९५० मत प्राप्त गरेका थिए । यस्तै सचिब पदमा उसा किरन बारिया बिजेता बनेकी छिन् । उनले ३४१३ मत प्राप्त गरेकी छिन् । उनका प्रतिदन्दी परेश घिमिरेले ३२१८ मत ल्याउन सफल बनेका छन् । झिनो मतान्तरले घिमिरे पछि परेका हुन् । यस्तै अर्का प्रतिदन्दी सरोज पाण्डेले ९३१ मत ल्याउदै तेस्रो स्थानमा चित्त बझाए ।यस्तै कोषाध्यक्ष पदमा अनिल पोख्रेल ३८४१ मत ल्याएर बिजय बनेका छन् । उनका प्रतिदन्दी कपिल पाण्डेले २६०५ र कुसल केसीले १०७० मत ल्याएका छन् । सहकोषाध्यक्षमा लक्ष्मण गोपाली ३६१८ मत सहित बिजय बनेका छन् । उनका प्रतिदन्दी सिताराम घिमिरेले ३५९१ मत ल्याउदै झिनो मतान्तरले पराजित बनेका छन् ।राष्ट्रिय युबा संयोजकको पदमा ईरशाद अहमद ३४५१ मत सहित बिजय बनेका छन् । उनका प्रतिदन्दी बिनोद पौडेलले २७८७ र बिजय पौडेल उपाध्यायले १३२८ मत ल्याएर तेस्रो स्थानमा रहे ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।