हेर्नुहोस् काँटी आक्रमणको सिसीटीभी फुटेज

काठमाडौं । ढल्कुमा जेनी (नाम परिर्वतन)माथि भएको आक्रमणको भिडियो सार्वजनिक भएको छ । प्रहरीले आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरेसँगै घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको हो ।जेठ ३२ गते राति करिव १० बजेतिर कुकुर लिएर सडकमा निस्किएकी उनीमाथि मोटरसाइकलमा आएका व्यक्तिले आक्रामण गरेका थिए । सिरिन्ज आक्रमण भएको आशंकामा उनलाई एचआईभीविरुद्धको औषधी र हेपाटाइटिसविरुद्धको भ्याक्सिन समेत दिइएको थियो । तर, कार्कीले भने ढलान काँटीले घोचेको दाबी गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।