एनआरएनएए चुनाब अपडेट ! गुरुङले लिए उमेद्दवारी फिर्ता कँडेल र पोख्रेल लड्दै

२२ जुन सिड्नी ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आउदो निर्बाचनमा अध्यक्षका प्रत्यासी नन्द गरुङले आफ्नो उमेद्दवारी फिर्ता लिएका छन् । अब अध्यक्ष पदका लागि केशब कडेल र दिनेश पोख्रेल चुनाबमा भिड्ने भएका छन् । भिक्टोरिया राज्य बाट कडेल र एनएसड्ब्लु राज्य बाट पोख्रेलले उमेद्दवारी दिएका हुन् । कडेल बर्तमान उपाध्यक्ष समेत हुन् । भने,पोख्रेल गत निर्बाचनमा एनएसडब्लु राज्य बाट राज्य संयोजकको पदमा नन्द गुरुङ संग पराजित बनेका थिए ।

शुक्रबार राती ११ बजेर ५९ मिनेट सम्मा दाबी-बिरोध र उमेद्दवारी फिर्ता लिने समय सिमा अन्तर्गत गुरुङले उमेद्दवारी फिर्ता लिएका हुन् । गुरुङको उमेद्दवारी संगै चुनाब भिड्नमा केशबलाई सजह भएको छ । कडेल र गुरुङ दुबै जना कांग्रेसी उमेद्दवार हुन् भने पोख्रेल नेकपाका उमेद्दवार हुन् ।

गुरुङले उमेद्वारी फिर्ता लिए पनि उनको समुहका अन्य उमेद्दबारहरुले उमेद्दवारी फिर्ता लिएका छैनन् । गुरुङको समुहमा राज्य संयोजकमा एनएसडब्लुमा कोहि उमेद्दवार थिएनन् । गुरुङको समुहमा रहेका उमेद्दवारहरु एनसिसि महासचिब शंकर ढकाल,कोषाध्यक्ष कुशल केसी,सचिब सरोज पाण्डे र युबा संयोजक बिजय पौडेलको उमेद्दवारी भने यथाबत रहेको छ । अब यि सहित बिभिन्न राज्यका उमेद्दबारहरु आफ्नो समुहको अध्यक्ष बिना चुनाबमा भिड्दैछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।