अष्ट्रेलियाको राजदूतमा महेश दाहालको सिफारिस होईन

काठमाडौ ।
करिब ६ महिना देखी अष्ट्रेलियामा रिक्त रहेको राजदुतका लागि बिहिबार बसेको मन्त्री परिषद् बैठकले महेश दाहालको नाम सिफारिस गरेको खबर आए संगै केहि मिडियाले दाहाललाई नै राजदुत नियुक्त गरिएको सम्मका खबर आईरहेका छन् । यद्दपी दाहाल निकटका केहि ब्यक्तीहरुले राजदुतमा अरु कोहि नै नियुक्त भएको र दाहालको नाम लिईएको मात्र भनेर मिडियाका लामि प्रतिकृया दिएका छन् ।

तत्कालिन राजदूत लक्की शेर्पाले मानबतस्करीको आरोपमा बिबादमा तानिएपछि पदबाट राजिनामा दिएपछि अष्ट्रेलियामा राजदूत रिक्त छन् । प्रस्तावित राजदूतका रुपमा नाम आएका दाहाल नेकपा अध्यक्ष प्रचण्ड दाहाल निकट मानिन्छ । सरकारले स्पेन, कतार र बंगलादेशको पनि राजदूत सिफारिस गरेको छ ।

महेश दाहाल नेपाल टेलिभिजनका पुर्व कार्यकारी अध्यक्ष हुन् । उनले नेपाल जेसिसको अध्यक्ष भएर समेत काम गरिसकेका छन् । ४३ वर्षिय दाहाल ‘मोटिभेसनल स्पिकर’ समेत हुन् । वास्तवमा अष्ट्रेलियाका लागि राजदुत को हुन् भन्ने बारे खबर सार्बजनिक हुन सकेको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।