रवि लामिछाने भेट्न जाँदा धरधरी रोए ज्ञानेन्द्र शाही

काठमाडौँ ।

‘सिधा कुरा जनता सँग’ कार्यक्रम लिएर अस्ट्रेलिया पुगेका रवि लामिछाने अस्ट्रेलियामा कार्यक्रम सिध्याएर मङ्गलवार नेपाल फर्किएका छन् । उनी एर्पोट उत्रिए लगत्तै सिधै सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही लाई भेट्न ट्रमा सेन्टर पुगेका थिए । रबि त्यहाँ पुगेपछी ज्ञानेन्द्र शाही धरधरी आशु बगाइ आफूलाई अङ्गालो हाली धेरै बेर एकदमै रोएको लामिछानेले बताए । यस घटनाको सबै कुराहरू वृस्तृत रूपमा बुझ्न बाँकी रहेको उनको भनाइ रहेको छ । जति सुकै गालीगलोज गरेता पनि त्यसरी कुनै पनि व्यक्तिलाई यातना दिन नहुने रविले बताए ।

गत १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित भ्रष्टचार विरुद्ध कार्यक्रमबाटै प्रहरीले शाहीलाई विना पुर्जी लछारपछार गर्दै पक्राउ गरेको थियो। पक्राउ पछि प्रहरीले यातना दिएकै कारण ठाउँको, खुट्टा र शरीरको विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएका थिए। पत्रकारलाई गाली गरेको अभियोगमा उनीमाथि साइबर क्राइमको मुद्दा लागेको छ। प्रारम्भिक अनुगमनका क्रममा शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको र उनलाई पक्राउ विनपूर्जी पक्राउ गरेको पाइएको मानवअधिकार आयोगलेले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै, शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलान आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । यातना दिएको उजुरी परेपछि आयोगले १७ गते घटनाको अनुगमन गरेको थियो । हाल शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको छ। उनी निकै रोईरहेका छन् र छिन् छिन् मै बेहोस पनि भएका छन्। अस्पतालमा शाहीका समर्थकले ‘ज्ञानेन्द्र शाहीलाई रिहाइ गर’ देखि उपचार खर्च निशुल्क गर भन्दै नारा लगाई रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।