काठमाण्डौ ।
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यति बेला चौतर्फी चर्चापरिचर्चा भईरहेको छ । चाहे त्यो सकारात्मक रुपमा होस् वा नकारात्मक रुपमा । यसैबीच, केही स्थानियहरुले भत्काएको रंगशालाको बार डठ्याउने काम शनिबार बिहानैदेखि सुरु हुन नपाउदैँ कुञ्जना घिमिरे सुन्तलीले स्थानिय जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपने र उनीमाथि मानहानीको मुद्धा लगाउनुपर्ने माग उठेको छ ।
सुन्तलीले आफूलाई सम्हाल्न नसक्दा रंगशाला आसपासका जनतालाई ‘देशद्रोही’ भनेपछि यसको चौतर्फी आलोचना भईरहेको छ । कुमुम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सुन्तलीले या त देशद्रोही शब्द बोलेकोमा जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपर्छ, या जनताले उनिविरुद्ध मुद्दा हाल्नुपर्छ भन्दै धारणा राखेका छन् ।
कुसुम भट्टराईको भनाई जस्ताको त्यस्तैः–
सुन्तलीले माफी माग्नुपर्छ
हास्य कलाकारको ख्याती कमाएकी बैनी सुन्तलीले आफ्नो थुतुनो सम्हाल्न नसक्दा रंगशाला आसपासका जनतालाई ‘देशद्रोही’ भनिन् । यो उनको एकदम घटिया हर्कत हो । आफ्नो जग्गा नमासियोस् भनेर जुर्मराएका रंगशाला आसपासका जनताले ‘देशद्रोही’को झुठो बात लगाएबापत सुन्तलीलाई मानहानीको मुद्दा किन नठोक्ने ?सुन्तलीले या त देशद्रोही शब्द बोलेकोमा जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपर्छ, या जनताले उनिविरुद्ध मुद्दा हाल्नुपर्छ ।
गर्मी, लामखुट्टे, सर्प दंश, बाढी, नदि कटान, हात्ति आतंक, खडेरी, कृषि उपजले मुल्य नपाउने आदि अनेक समस्या सहेर सिमाभन्दा केही वर नेपाली अस्तीत्व रक्षाको कवच बनेर बसीरहेका महान देशभक्त चितवनबासीको अगाध देशभक्ति र राष्ट्रप्रेममाथि विना आधार औंला ठडयाउने हक कुञ्जना घिमिरेजीलाई पटक्कै छैन । म उनको यस्तो हर्कतको घोर निन्दा र भत्सर्ना गर्दछु ।