काठमाण्डौ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा अर्थतन्त्रको वृहत्तर आधारशीला तयार भएको बताएका छन्। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत् आगामी वर्षमा दुई अंक नजिकको आर्थिक वृद्धि हासिल गर्ने आधार तयार भएको खतिवडाले बताए।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खतिवडाले छोटो समयमै वित्तीय संघीयता कार्यान्वयनको आधार तयार भएको बताए। वित्तीय संघीयताको कार्यान्वयनसँगै स्रोत साधनको विकेन्द्रिकरणको आधार तयार भएको पनि खतिवडाले उल्लेख गरे। औद्योगिक क्षमता विस्तार भएको, बचत ऐतिहासिक भएको र आगामी वर्ष भित्रमा विद्युत उत्पादन दोब्बर हुने अवस्था देखिएको बताए।
गत वर्षको तुलनामा निर्यात वृद्धिदर दोब्बरले बढेको भए पनि उच्च आयातले भुक्तानी सन्तुलनमा चाप परेको बताए। खतिवडाले वित्तीय साधन उत्पादनमुखी भएको उल्लेख गरे। कर्जा भन्दा निक्षेपको वृद्धिदर उच्च हुँदा ब्याजदर वृद्धि ब्याजदरमा प्रभाव परेको उनले बताए। खतिवडाले बजेटमार्फत ८६.५ प्रतिशत पुँजीगत खर्च हुने संशोधित अनुमान पनि उल्लेख गरेका छन्। चालु वर्षमा ८ खर्ब ६० अर्ब रुपैयाँ राजस्व संकलन हुने उनको अनुमान छ।
खतिवडाले समाजवादउन्मुख समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध रहेको पनि बजेट भाषणको शुरुमै बताएका छन् । सभ्य सु–संस्कृत एवं पूर्ण लोकतन्त्र तथा समाजवादउन्मुख समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकारप्रतिबद्ध रहेको अर्थमन्त्री खतिवडाको भनाई थियो ।
२ बर्ष भित्र धरहरा:
भुकम्पले क्षतिग्रस्त धरहराको पुन:निर्माण आगामी दुई बर्ष पुरा गर्नका लागि १ अर्बको बजेट छुट्टाईएको छ ।