हार्बर कलेजको नर्सिङ कोर्ष सस्पेन्सनमा,एआबिटी ईन्टरनेश्नल खारेज

२९ मे सिड्नी ।
सिड्नीको टाउन हल स्थित अष्ट्रेलियन हार्बर ईन्टरनेशनल कलेजमा संचालित कोर्ष मध्येको नर्सिङ कोर्षलाई अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले सस्पेन्सनमा राखेको छ ।कलेजको कोर्षलाई सस्पेन्सनमा राखेपछिको बिषयमा कलेजका प्रिन्सिपल मातृका बिमलीलाई टेलिफोन सम्पर्कमा सो बारे प्रतिकृया लिन खोज्दा ‘नर्सिङ कोर्ष’लाई सस्पेन्सनमा राखेको,आफुहरुलाई अहिले सम्म सम्बन्धित निकाय बाट सुचना नआएको भन्दै यस्ता खाले घटना नेपालीहरुको सहितका कलेजहरुको पनि भईरहेको तर आफ्नो कलेजको बिषयमा मात्र मिडियाले समचार बनाईरहनुको कारण के हो भन्दै प्रतिप्रश्न गरे ।

बिमलीले भने ‘कलेजको तर्फ बाट सम्बन्धित पक्ष संग कोर्ष सस्पेन्सन बारे स्पष्टिकरण सोधिनेछ । ‘सस्पेन्सन’ ‘कन्डिसन’ रहिरहे यहि जुन १९ बाट सो कोर्षमा नयाँ बिध्यार्थी भर्ना गर्न नपाईने हो तर अहिले सम्म भर्ना भईसकेका बिध्यार्थीहरुलाई अध्ययनमा समस्या हुनेछैन ।

उनलाई सो कोर्षमा कति जना बिध्यार्थी अध्ययनरत छन् भन्ने प्रश्नमा बिध्यार्थीको संख्या भन्न नमिल्ने भन्दै यो खासै समचार नभएको तर्क समेत दिए । उनी संग समचारको बिषयमा बुझ्दै गर्दा सहि समचार लेख्न आग्रह गरे तर समचार चित्त नबुझे आफुहरु कानुनी प्रकृयामा जाने समेत बताए ।

एआईबिटी ईन्टरनेश्नल खारेज
केहि समय अघि एआईबिटि कलेज खारेज हुदा अध्ययनरत करिब १ हजार नेपाली बिध्यार्थी अलपत्र परेका थिए । जुन निर्णय अझै अदालतमा छ । अहिले फेरी सोही स्वामित्यवको एआईबिटि ईन्टरनेश्नल खारेज भएको छ ।

इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रालि (एआइबिटी इन्टरनेशनल) कलेजलाई अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले मंगलबार कलेजको दर्ता खारेजी गर्ने निर्णय गरेको हो ।

यो कलेज दर्ता खारेजी हुदा पुन:ठुलो संख्यामा नेपाली विद्यार्थी अन्यौलमा पर्न सक्ने सम्भावना देखीएको छ । आस्क्वाको यो निर्णयमा सम्बन्धित कलेजले अपिल गर्न पाउने अधिकार रहन्छ ।

तीन महिनाअघि उही नामको एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसकी र खारेजीमा पर्दा हजारौं नेपाली विद्यार्थी अलपत्र परेका थिए। दुवै कलेज एकै व्यक्ति र संस्थाबाट सञ्चालित रहेको तथ्य सार्वजनिक भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।