३ वर्षीय आफ्नै छोरालाई अचानोमा राखी टुक्रा टुक्रा पारी निर्मम हत्या

काठमाडौँ । भोजपुरमा एक आमाले ३ वर्षीय नाबालक छोरालाई अचानोमा राखी टुक्रा टुक्रा पारी हत्या गरेकी छिन् । भनिन्छ आमा शब्द एक आफैमा सम्मानित र माया मोह भरिएको शब्द हो । हरेक सन्तानका लागी आमा र आमाका लागी सन्तान भाग्मानीले मात्र पाउँछन् भन्ने भनाइ समेत रहेको छ । तर यो बिचमा भोजपुरमा निकै दुखदायि घटना घटेको छ । आफ्नै ३ वर्षीय छोरालाई अचानोमा राखी खुकुरी प्रहारगरी एक आमाले हत्या गरेकी छिन् ।भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासिखोरा घरभई भोजपुर नगरपालिका वडा नं. ९ मा बस्ने सुर्या थापाकी २५ वर्षीय श्रीमती सम्झना थापाले आफ्नै कोखबाट जन्मिएका ३ वर्षीय छोरा सम्बोधन थपा माथी खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीले जानकारी दिएको छ । हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताइन्छ । थापालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।पानीट्याङकीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले विहान आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी बच्चाको हत्या गरेको खुल्न आएको छ ।

साझासंजाल बाट ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।