‘कान्स फिल्म फेष्टिभल’ र प्रियंका कार्कीको असली मुहार

एनटिभी अष्ट्रेलिया ब्युरो,काठमाण्डौ ।
७२ औँ कान्स फिल्म फेस्टिभल जारी छ । यो २५ मे सम्म चल्नेछ । नेपालका मुलधारका मिडिया देखी प्राय:सबै मिडियाले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै अभिनेत्री प्रियंका कार्की कान्स फिल्म फेष्टिभलमा सहभागी भएको समचारलाई स्थान दिईएको छ ।कान्स फिल्म फेष्टिभल विश्वको ध्यान खिच्ने ठुलो र बहुप्रतिष्ठित फिल्म फेष्टिभल हो । यस फेष्टिभलमा प्रत्यक्ष रुपमा आयोजकको आधिकारिक निम्तोमा नेपाल बाट कसैले पनि सहभागीता जनाउन पाएका छैनन् । यद्दपी सरकारी स्तरको समेत सहभागीता छैन ।

यस पटकको कान्स फिल्म फेष्टिभलमा नेपाल बाट पहिलो पटक प्रतिनिधित्व गर्दै अभिनेत्री प्रिंयका कार्की सहभागीता भएको खबर आए पनि वास्तवमा उनले फिल्म फेष्टिभलमा नभई फिल्म फेष्टिभलकै अबधिमा प्रिमियर हुने फिल्म हेर्नका लागि उनले निम्तो पाएकी हुन् । सो क्रममा उनलाई फिल्म प्रिमियरको रेड कार्पेटमा हिड्न दिईएको हुन सक्ने अनुमान गर्न सकिन्छ तर उनी रेड कार्पेटमा हिडेको कुनै तस्विर सार्बजनिक हुन सकेको छैन् । जहाँको रेड कार्पेटलाई प्रतिष्ठित रुपमा लिने गरिन्छ ।

फिल्म प्रिमियरको टिकट सहित अभिनेत्री प्रियंका कार्की ।

प्रियंकालाई नेपालको एम्बेसडर पनि भनिएको छ । वास्तवमा उनी सरकारी निकाय बाट सहभागीता नभई ब्यक्तिगत रुपमा आफ्नो ब्यक्तिगत पहुँचमा सो फिल्म प्रिमियरमा सहभागी भएको विश्वासिलो स्रोत बताउछ । स्रोतका अनुसार उनी हुनेवाला सासु रबिना देशराजको पहुँचमा फ्रान्सेलि राजदुतको पावर लगाउदै फिल्म प्रिमियर सहभागी हुने निम्तो पाएकी हुन् । धेरै कुराहरु प्रियंका स्वयमले सामाजिक संजाल ईन्स्टा बाट समेत सार्बजनिक गरेकी छिन् । उनको ईन्स्टाको स्टोरी चेक गर्दै जानु भयो भने प्रस्ट संग बुझ्न सकिनेछ ।

कान्स फिल्म फेष्टिभलको रेड कार्पेट र हिड्ने अतिथिहरु ।

उनी प्राईभेट पार्टीमा समेत सहभागी भएकी उनको तस्विरले बताउछ । फिल्म फेष्टिभलको दौरानमा दिनहु दशौ प्राईभेट पार्टी हुने सो स्थानमा पुगेको स्रोतले बताउछ । फेष्टिभलको दौरानमा लोकप्रिय कोरियन चलचित्र निर्देशक बोङ जोन हो निर्देशित फिल्म GISAENGCHUNG (पारासाईट) को वर्ल्ड प्रिमियरमा प्रियंका सहभागी भएकी हुन् । जहाँ वर्ल्ड प्रिमियर नभएका तर कान्स फिल्म फेष्टिभलको कम्पिटिसनमा सहभागी भएर सर्बोकृष्ट ठहरिएका फिल्महरुको वर्ल्ड प्रिमियर गर्न हुनेगर्छ । यो प्रिमियरमा सहभागीता जनाउन पाउनु पनि उपलब्धी नै मानिन्छ तर प्रिमियरमा सहभागी हुने पाहुना सबैले फिल्म फेस्टिभलमा सहभागीता जनाउन पाउने होईनन् । हलिउड अभिनेत्री सेलेना गोमेज अभिनित फिल्म ‘डेड डोन्ट डाई’पनि कान्स फिल्म फेष्टिभलको ओपनिङकै दिनको राती वर्ल्ड प्रिमियर गरिएको थियो ।

यस्तो हुन्छ कान्स फिल्म फेष्टिभलको सिष्टम
कान्स फिल्म फेष्टिभलमा रेड कार्पेट मात्र होईन रेड कार्पेट स्टेप्स र फोटोकल पनि हुन्छ । रेड स्टेप्स र फोटोकल हिडेकालाई मात्र कान्स फिल्म फेष्टिभलका पाहुना मान्ने गरिन्छ ।

द म्यान फ्रेम काठमाण्डौको पोष्टर सहित स्टल नजिक एक नेपाली ।

कान्स फिल्म फेष्टिभलमा सिने फाउण्डेसन,अफिसियल फिल्म फेष्टिभल र मर्चेदु फिल्म हुन्छ । यो मर्चेदु फिल्म शाखा मार्फत् फेष्टिभलमा आफ्नो फिल्मको स्टल राख्न पाईनेछ । सरल रुपमा भन्नु पर्दा फिल्म बेच्न राखिने पनि भन्न सकिन्छ । स्टल जोकोहीले पनि राख्न पाउनेछ । यस अघिका कान्समा पनि केहि नेपाली चलचित्रहरुले आफ्नो फिल्मको स्टल राखेका थिए ।

यस पटकको फिल्म फेष्टिभलको मर्चेदु फिल्म अन्तर्गत पनि ‘द म्यान फ्रम काठमाण्डौ’ले स्टल राखेको छ । तर,नेपालमा यसैलाई पहिलो पटक कान्समा नेपाली फिल्म भनेर ‘द म्यान फ्रम काठमाण्डौ’की कलाकार आना शर्माकी आमा रचना गुरुङ लगायतका ब्यक्तिहरुले गलत सन्देश समेत फैलाईरहेका छन् ।

अध्यागमका कर्मचारीलाई प्रिंयकाको छैन चाँसो
कान्सको फिल्म फेष्टिभलको फिल्म हेर्न फ्रान्स उड्न बिमान स्थल जादै गर्दा प्रिंयकालाई अध्यागमको कर्मचारीले चिनोस् ओहो प्रिंयका जी भनोस् भन्ने चाहना हुनु स्वभाबिक नै तर उनले सोचे जस्तो भएन । अध्यागमको कर्मचारीले कहाँ जान लाग्नु भो,के का लागि जादै हुनुहुन्छ भनेर सोध्नु उनको कर्तब्य हो तर देशको सेलिब्रेटीलाई त्यस किसिमको प्रश्न सोध्दा प्रिंयकालाई ट्यम्पर चढ्नुलाई पनि स्वभाबिक रुपमा नै लिनु पर्ला तर अध्यागमका कर्मचारीको काम नै त्यहि हो सोधेको प्रश्नको जवाफ झर्को नमानी दिनुपर्छ र कर्मचारीको प्रश्नलाई पनि सुन्नुपर्छ भन्ने हेक्का प्रियंकालाई हुनुपर्छ । सधै भरी साईडमा फेसन डिजाईनर नहुन पनि सक्छन् समयमै बिचार गर्ने कि ?

कान्स फिल्म फेष्टिभलको रेड कार्पेटमा बलिउड अभिनेत्री एश्वर्या राय ।
कान्समा हलिड अभिनेत्री तथा गायिका सेलेना गोमेज र अभिनेता बिल मुर्रे ।

गसिप*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।