यि हुन् पाँचथर हत्याकाण्डमा ज्यान गुमाउनेहरु,बालबालिका समेत परे

काठमाण्डौ । सोमबार राती पाँचथरमा ९ जनाको बीभत्स हत्या भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर– ३ आरुबोटेमा गए राती २ परिवारका ९ जनाको बीभत्स हत्या भयो । सोही स्थान नजिकै झुण्डिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । प्रहरीका अनुसार झुण्डिएको अवस्थामा भेटिएको शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ । प्रहरीले ९ जनाको बीभत्स हत्यामा माखिमकै संलग्नता हुन सक्ने आशङ्का गरेको थियो । झुण्डिएको अवस्थामा भेटिएका मानबहादुर बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन्।

२ परिवारको ९ जनाको हत्या गरिएकोमा एक बालिका सिता खजुम भने भागेर आफ्नो ज्यान बचाउँन सफल भइन् । सीताले प्रहरीलाई दिएको बयानमा एक जना मात्र नकाबधारी आएको र ढोका खोल्नासाथ आक्रमण गरेको बताएकी थिइन् । उनले प्रहरीलाई आक्रमणकारीको हुलिया समेत बताएकी थिइन् । उनले बताएको हुलिया झुण्डिएको अवस्थामा शव भेटिएका मानबहादुरसँग मिल्छ ।

मानबहदुरकी श्रीमतीले उनीसँग सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् तर मानबहादुर यसका लागि तयार थिएनन्। आ फ्नी श्रीमतीलाई ससुराली परिवारले नै सम्बन्धविच्छेदका लागि उक्साएको उनलाई लाग्थ्यो त्यसैले उनी ससुराली परिवारसँग रुष्ट थिए । यही विवादका कारण उनैले हत्या गरेर पछि आफूले पनि आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।

५ जनाको हत्या भएको परिवारमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । सीता खजुम भागेर बाँच्न सफल भएकी थिइन् । शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन्।मृत्यु भएका बमबहादुर फियाकका ज्वाइँ मानबहादुर मोखिमले नरसंहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

तस्विरः सामाजिक संजाल

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।