पर्वत । सामाजिक सञ्जाल फेसबुकबाट गोप्य भिडियो म्यासेज पठाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवा पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोदी गाउँपालिका– ६, तिलाहार घर भई डिमुवा बजारमा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली रहेका छन् ।अभियुक्त नेपालीले महिलालाई विभिन्न समयमा म्यासेजमार्फत गोप्य भिडियो पठाएर दुर्व्यवहार गरेको आरोप छ । पीडित महिलाले आफूलाई दुव्र्यवहार गरेको भन्दै कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउकी थिइन् ।
उजुरीपछि नेपालीलाई प्रहरीले सोमबार घरबाटै पक्राउ गरेको हो । अभियुक्त नेपालीलाई मंगलबार विद्युतीय ऐनअन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए