पक्राउ परे ‘५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु’ भन्ने व्यक्ति

राष्ट्रिय, समाचार

काठमाडौं । ‘५० लाख दिए प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिन्छु’ भन्दै फेसबुकमा कमेन्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकको दुरुपयोग गरी ५० लाख दिएमा प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका-२ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाइनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छुु’ भन्‍ने शीर्षकमा प्रकाशित समाचारमा सलिम योञ्जन तामाङ भाइ नामक फेसबुक आइडीबाट उनले ५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्दै कमेन्ट गरेको प्रहरीले जनाएको छ ।

महाशाखाले प्रमलाई नै मारिदिन्छु भनी तामाङले जनतामा भ्रम र त्रास फैल्याएकाले पक्राउ गरिएको जनाएको छ। उनलाई बानेश्वरबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।