१९ मे सिड्नी ।
अष्ट्रेलियाको प्रधानमन्त्रीमा फेरि पनि स्कट मोरिसन निर्वाचित भएका छन् । कन्जरभेटिभ गठबन्धनलाई नै चुनेको भन्दै मोरिसनले मतदातालाई धन्यवाद दिएका छन् ।
अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शोर्टनले आफ्नो पार्टीको पराजयलाई स्वीकार गरेका छन् । उनले पार्टीको नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा पनि गरेका छन् । देशबर मतगणना हुदै गर्दा शोर्टनले मेल्बर्न बाट फेसबुकमा लाईभ आएर सो कुरा बताएका हुन् । त्यसको केहि समयमै हालका प्रम समेत रहेका स्कट मोरिसन पनि फेसबुक लाईभ आएर समस्त लिबरलमा आस्था राख्नेलाई धन्यबाद दिएका थिए ।
शनिबार भएको देशभरको मतदानमा १.६४ करोड मतदाताले मतदान गरेका थिए । चुनावको अन्तिम परिणाम आउन भने अझै बाँकी छ । तर ७० प्रतिशत मत गणना सकिँदा गठन्बन स्कट मोरिसनको जित पक्का भएको छ । बहुमतका लागि ७६ सिट आवश्यक पर्दछ । मोरिसन अझै ७४ सिटमा अगाडि छन् । यसैगरी लेबर पार्टी ६६ सिटमा अगाडि छ ।
यसलाई मोरिसनको चमात्कारित जित मानिएको छ । किनभने मत सर्वेक्षणहरुमा लिबरल(नेशनल गठबन्धन झण्डै बहुमत ल्याउने नतिजाहरु सार्वजनिक गरिएको थियो ।
विगतका जति पनि मत सर्वेक्षण गरिएको थियो, त्यसमा गठबन्धन लेबर पार्टीभन्दा पछाडि थियो । त्यसैले यस पटक लेबर पार्टीले नै सरकार बनाउने अनुमान धेरैको थियो । स्वयम् मोरिसनलाई पनि यस्तो नतिजा आउला भन्ने संसय थियो । आफ्नो जित सुनिश्चित भएपछि उनले मतदातालाई सम्बोधन गर्दै भनेका छन् मलाई सधैं चमत्कारमा विश्वास थियो ।
यसैगरी लेबर पार्टीका नेता शोर्टेनले आफ्ना मतदातालाई सम्बोधन गर्दै भनेका छन् लेबर पार्टी आगामी सरकार बनाउन सफल भएन । शोर्टेनले मोरिसनलाई फोन गरेर बधाई दिएको र अब आफू पार्टीको नेताको रुपमा चुनाव नलड्ने जानकारी पनि दिएका छन् ।








