बौद्ध–जोरपाटीमा स्थानीय र प्रहरी बिच झडप

२६ वैशाख, काठमाडौँ ।

चार बर्ष देखी बौद्ध–जोरपाटी सडक खण्ड मर्मत नगरेकाे भन्दै आन्दोलित स्थानीय र प्रहरीबीच झडप भएकाे छ । लामो समय देखी सडक अलपत्र छाडेको र मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।सडकमा टायर बालेर आन्दोलन गरिरशेका स्थानियवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए ।प्रहरीले केहिबेर अगाडि स्थिति तनावपूर्ण भएपनि अहिले सामान्य बनेकाे जनाएकाे छ । तर,फाटफु रुपमा होहल्ला र प्रहरी बिरुद्द स्थानीयहरुले गाली गरिरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।