नक्कली विमान दुर्घटना,१० जनाको मृत्यु ७ घाइते,नेपालमा पहिलोपटक यस्तो अभ्यास

काभ्रेपलाञ्चोक । संखुवासभाको तुम्लिङटार विमानस्थलबाट काठमाण्डौ जाँदै गरेको विमान आज दिउँसो एक बजे दुर्घटना भएको छ । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।दिउँसो एक बजे त्रिभुवन विमानस्थल रेस्क्यू टिमबाट सञ्चार विच्छेद भएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जानकारी गराउँदै उद्धार समितिको बैठक बोलाउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारीले विमान हराइरहेकोले एम्बुलेन्स,दमकल, तथा अस्पताललाई हाई–अलर्टमा बस्न निर्देशन दिनुभएको थियो । उद्धार समितको बैठक बस्दै गर्दा दिउँसो एक बजेर ३० मिनेट जाँदा स्थानीयले प्रहरीको १०० नम्बरमा फोन गर्दै धुलिखेलको देवीस्थान डाँडामुनि विमान खसेको र आगलागी भैरहेको जानकारी गराएका थिए ।

घाइतेमध्ये एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौ पठाइएको छ भने अन्यको धुलिखेलमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।माथि भएको क्रियाकलाप साँचो भए पनि समाचार भने साँचो होइन ।नेपालमै पहिलोपटक विमान दुर्घटना भयो भने कसरी उद्धार गर्ने भनेर सिकाउन डेमो स्वरुप दुर्घटना गराइएको हो ।यो काल्पनिक समाचार हो । विमान दुर्घटना भयो भने कसरी उद्धार गर्ने भनेर सिकाउन नेपालमै पहिलोपटक डेमोस्वरुप दुर्घटना गराइएको हो ।नेपाल नागरिक उड्यन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थलबाट पहिलो पटक राष्ट्रिय रुपमा ’फूल डेमो’ प्रर्दशन गरेको हो ।

उहाँको अनुसार, यस्तो खालको रेस्क्यू एक्सरसाइज नेपालमा पहिलोपटक भएको हो । हरेक दुई वर्षमा राष्ट्रिय स्तरमा हुने दुर्घटनाको डेमो रेस्क्यू एक्सरसाइजले विमान दुर्घटना हुँदा कसरी उद्धार गर्ने भन्ने कुरालाई अझ प्रष्ट पारेको प्रमुख जिल्ला अधिकारी कृष्णबहदुर राउतले जानकारी दिनुभयो ।

‘खासमा डेमो भनेकोले गर्नुपर्ने काम त संयोजनको हिसाबले मैले गरे, यदि साँच्चिकै हो भने त कति तनाव हुन्थ्यो होला’. उहाँले भन्नुभयो,‘डेमोमा जस्तो तनाव लिनु नपरोस् ।’

यो काल्पनिक समचार हो*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।