कलाकारकै बदनाम ! सरस्वती लामालाई १ करोड ठगीको आरोप,श्रीमान छोडेर अर्कै संग टाप

काठमाण्डौ ।

सरस्वती लामा आफुलाई आफैले रक गायिका भन्छिन् यो पनि पंक्तिकारले युट्युबमा उनको अन्तर्बातामा हेरेको र सुनेको । उनी को हुन् खासमा मिडिया बिरैलाई मात्र थाहा होला । तर,केहि समय अघि देखी उनी आफुलाई कलाकार भन्दै छोटो छोटो पहिरनमा गीत गाउदै भित्री बस्त्र खुल्लम खुल्ला रुपमा देखाउदै आम दर्सकको ध्यान खिचाउन संघर्षरत एक महिलाको रुपमा यो पङक्तीकारले चिन्दछ । यिनै रक गायिकालाई अहिले १ करोड ठगीको आरोप लागेको छ ।लामाले १ कडोर भन्दा धेरै को सम्पति लगेर अर्कै पुरुष संग बिवाह गरेको सरस्वतीको पूर्व पति धनबहादुर लामा डीबीले  उजुरी दिएपछि यो सबै खुलेको हो । २०६४ सालमा रक गायिका सरस्वती लामा र काभ्रेपलान्चोक का धनबहादुर लामा को प्रेम बिवाह भएको थियो । उनी  धन कमाउन २०७१ सालमा यु ए इ गएका थिए उनले आफुले कमाएको पैसा सबै उनको पत्नी सरस्वती लामा लाइ पठाइरहेका थिए ।

तर, आफ्नी श्रीमती अर्कैसँग हिँडेको खबर पाएपछि उनी नेपाल आए । कोठामा रहेको १५ लाखभन्दा बढी सम्पत्ति, गरगहना र नगद रकमसहित श्रीमती फरार भएको थाहा पाएपछि उनले बौद्ध प्रहरीमा श्रीमती एक करोड ६ लाखभन्दा बढीको सम्पत्तिसहित हराइन्, खोजिदिनु भन्ने निवेदन दिए ।उनकै उजुरीका आधारमा प्रहरीले चलचित्र निर्माता पिटर खालिङ र सरस्वतिलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडिदिएको छ ।सरस्वती केही समयअघिदेखि चलचित्र निर्माता पिटरसँँग बस्दै आएको बताइएको छ । दुई छोरीको बाबु पिटरले पहिलो श्रीमतीलाई डिभोर्स गरेर सरस्वती लामासँग घरजम गरेको रहस्य खुलेको छ । निर्माता पिटरले श्रीमतीसहित सम्पत्ति लगेपछि धनबहादुरले दुवैविरुद्ध ठगी र बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ । पिटर र सरस्वती खालिङ चलचित्र ‘द डार्क एन्ड लाइट’ चलचित्र निर्माणका बेलादेखि नजिकिएको खुल्न आएको छ ।सरस्वतीको यस किसिमको हर्कतले आम कलाकारीतालाई बदनाम गरेको छ भन्दा कुनै फरक नपर्ला ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।