पुर्ब राष्ट्रपति डा. यादवकी छोरी अनिताले कसिन् लगनगाँठो

काठमाण्डौ ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवले सोमबार राती रौतहटको विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित फतुवा बस्ने ३३ वर्षीय इञ्जिनियर रमेश यादवसँग लगनगाँठो कसेकी छिन् । उनले हिन्दु परम्परा अनुसार जनकपुर स्थित होटेल राजदरवारमा बिहे गरेकी हुन् ।सो अवसरमा रमेश र बेहुली अनिताले एकअर्कालाई बरमाला लगाए भने त्यसपछि औठी साटासाट गरेका थिए । सोही क्रममा पूर्वराष्ट्रपति यादवले छोरी र ज्वाईलाई रामायणको नेपाली र अंग्रेजी अनुवादको गरी २ थान जोडा किताब हस्तान्तरण गरेर सुखद दाम्पत्यको लागि आशिर्वाद दिएका थिए ।

विवाह राति साढे १० बजेदेखि हिन्दु परम्परा अनुसार सुरु भएको थियो । यस विवाहमा करिब १ सय जना जन्ती आएका थिए । सोही विवाहमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाको मेयर लालकिशोर साह लगायतको पनि सहभागिता रहेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।