जेठ ३ मा विबाह गर्दै रवि निकिता

  NTV NPL

काठमाडौं २३ वैशाख ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र पुर्व चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले गत माघ ७ गते कानुनी रुपमा विवाह गरेका हुन् । विवाह गरे लगत्तै उनिहरुले आउदो वैशाखमा नेपाली रीतिरिवाज अनुसार विवाह गर्ने बताएका थिए ।” धेरै शुभचिन्तकहरुलाई चासोको बिषय नै बन्यो रवी र निकिताको विवाह किन वैशाखमा भएन भन्ने, ‘अन्तत: उनिहरुले वैशाखमा नभई यहि जेठ ३ गते नेपाली परम्परा अनुसार लगनगाठो कस्ने भएका छन् ।होटल मिष्टिक माउन्टेन नगरकोट, भक्तपुरमा जेठ ३ गते शुक्रबार विवाह हुने भएको हो । रवी लामिछानेले विवाहको निमन्त्रणा कार्ड समेत बाडि सकेको जानकारी प्राप्त छ ।

यो पनि पढ्नुहोस् :

सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले सोमाबार अदालती विवाह गरेका छन् । काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । रविले ’व्यक्तिगत जीवनले नयाँ मोड लिएको’ भन्दै ’एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरे ।यति चाँडो विवाह गर्ने सोच नभए पनि आफूहरूबारे चलेका चर्चाले चाँडो भएको उनले फेसबुकमा लेखेका छन् । ’’यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो र्पयो’, उनले फेसबुकमा भनेका छन् ।

उनले परम्परागत रुपमा आउँदो बैशाखमा विवाह गर्ने लेखेका छन् । ’यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला । हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ ।

हामी दुबैजना यो निर्णयबाट एकदमै खुसी छौँ। र, हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ।’ रवि र निकिता दुबै डिभोर्सी हुन् । रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए । निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो ।

समाचार सेयर गर्नुहोस

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।