मरेको भनेर देबघाट लगेको बच्चाले सास फेर्यो

  NTV NPL

चितवन, २३ बैशाख ।

चितवनमा मरिसकेको आशंकामा देवघाटमा पुर्न लागिएको बच्चाले सास फेर्न थालेपछि पुनः अस्पतालमा उपचार गर्न ल्याइएको छ । अविवाहित महिलाबाट आठ महिनामै जन्मिएको बच्चालाई चितवन मेडिकल कलेजले बचाउन नसक्ने भनेपछि आफन्तहरुले घर लैजाने भनेर देवघाट लगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।मकवानपुरकी एक अविवाहित महिलाले जन्माएको बच्चालाई मेडिकल कलेजले बचाउन नसक्ने जानकारी गराएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बच्चाको अहिले उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।